सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सिटिजन्स बैंक इन्टरनेसनलको धारापानी शाखाले १६औं वार्षिकोत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले नवलपुरस्थित मनकामना आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सीमान्तकृत समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि कमजोर भए पनि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न सहयोग गरिएको बैंकले जानकारी दिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत


बैंक ब्याजदर घटाउन राष्ट्र बैंकसँग छलफल भइरहेको छः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व संकलनको अवस्था राम्रो नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. महतले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्य अनुसार संकलन राम्रो नभएको बताएका हुन् । उनले प्रत्येक वर्ष सरकारले जीडीपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि


महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशतमा आवास र व्यावसायिक कर्जा दिने

महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माणका लागि आवास कर्जा र उद्यम गर्नेलाई लक्षित गरी व्यावसायिक कर्जा योजना ल्याएको छ । बैंकले दुवै कर्जा योजना सुलभ ब्याजदरमा ल्याएको जनाएको छ । दुवै कर्जा योजनामा ऋणिका लागि १२.९९ ब्यााजरमा प्रदान गरिने बैकले जनाएको छ । साथै बैंकले नयाँ वर्षको अवसरमा


एनआईसी एशिया बैंकद्वारा आफ्नै पेटेन्ट स्वीच सञ्चालन

एनआईसी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ। बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको जानकारी दिएको छ। डिजिटल कारोबारमा आम ग्राहकको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त नयाँ व्यवस्था गरेको जनाएको


कुन बैंकको कर्जाको ब्याजदर कति ?

हाल सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिइ रहेको छ । यस बैंकले न्यूनतम १४.२९ देखि १६.२५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । चालू आवको माघमा बैंकको आधारदर सबैभन्दा कम ९.२९ प्रतिशत रहेको छ । माघमा बैंकको कर्जा सबैभन्दा सस्तो देखिएको छ। दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा सस्तो देखिएको छ । चालू आवको माघ


कृषि विकास बैंकले रोल्पामा सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम

कृषि विकास बैंकले रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तिय पहुँच बढाउने उदेश्यका साथ बैंकको प्रदेश कार्यालय दाङ शाखा कार्यालय रोल्पाको आयोजनामा गंगादेव गाउँपालिका वडा नं ३ मनिमारेमा कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक, प्रदेश कार्यालयका निर्देशक राजेश कुमार श्रीवास्तवले गरेका थिए भने सञ्चालन


महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकार सेवामा विशेष छुट

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले केबुलकार कम्पनीसँग सम्झौता गरेको छ । बैंकले मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रा. लि. सँग सम्झौता गरेको हो । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा


मुक्तिनाथ विकास बैंकका ग्राहकले अरर्किड रिर्सोट र मेडिकल स्टोरमा छुट पाउने

मुक्तिनाथ विकास बैंक लिमिटेडले सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” र “सुर्यविनायक मेडिकल स्टोर” सँग सम्झौता गरेको छ । आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन र विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरि सम्झौता भएको हो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सुर्यविनायकको “वाइट अरर्किड


रोकिएन बैंक, वित्तविरुद्धको आक्रमणः त्रासमा कर्मचारी

कहिले आन्दोलन, त कहिले कर्मचारीमाथिको आक्रमण ?, यतिबेला नेपालका बैंकवित्तहरु त्रासमा छन् । बैंकवित्तले ब्याजदर बढाएको विरोधमा लामो समय प्रदर्शनमा उत्रिएका उद्योगी व्यवसायीहरुको आन्दोलन सेलाउन नपाउँदै फेरि कर्मचारीमाथि आक्रमण हुन थालेको छ । बिहीबार दिउँसो म्याग्दीस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि ज्यान लिने उद्देश्यसाथ साङ्घातिक आक्रमण


एनएमबि बैंकले ल्यायो १५ वर्षका लागि स्थिर घर कर्जा योजना

एनएमबि बैंकले नयाँ घर कर्जा योजना ल्याएको छ । बैंकले १५ वर्षका लागि ११ दशमलव ९५ स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा योजना ल्याएको जनाएको छ । यस नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने छ । मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्त्व बुझेर स्थिर कर्जा