एनएमबिको मुद्धती निक्षेपमा ९.५२ प्रतिशत ब्याज
१३ असोज, काठमाडौं । एनएमबि बैकले मुद्धती निक्षेपमा उच्च ब्याज प्रदान गर्ने भएको छ। नयाँ योजनाअन्तर्गत बैंकले सर्वसाधारणका लागि मुद्धतीमा ९.५२ प्रतिशत वार्षिक ब्याज (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्ने भएको हो। एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न
कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्य
१३ असोज, काठमाडौं । कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक स्विप एण्ड प्लाई च्याम्पिएनको शुरुवात गरेको छ । यती एअरलाइन्सको स्काई क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव को–ब्राण्ड कार्ड जारी गरिने छ । कुमारी बैंकका
गरिमा विकास बैंकका ग्राहकलाई कपाल प्रत्यारोपणमा ४०% सम्मको छुट
१३ असोज, काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा छुट सुबिधा पाउन सक्ने छन्
क्यापिटलको ‘महा-सेयर लगानी महोत्सव’ योजना
काठमाडौं- एनआईसी एसिया क्यापिटलले चाडपर्व तथा सेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै ‘महा-सेयर लगानी महोत्सव’ योजना ल्याएको छ । यस अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एकमुष्ट लगानी गर्ने योजना समावेश गरिएको कम्पनीले जनाएको छ । उक्त योजनाअन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकले उत्कृष्ट सेवाहरु निःशुल्क रुपमा प्राप्त गर्ने कम्पनीको भनाइ छ
राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन
१२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकको राष्ट्र ॠण व्यवस्थापन विभागको नाम परिवर्तन भएको छ । बैंकको सञ्चालक समितिको भदौ ३० गते, बसेको बैठकले नेपाल राष्ट्र बैंक, राष्ट्र ॠण व्यवस्थापन विभागको नाम नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको बैंकले एक सूचना मार्फत् जानकारी दिएको छ । बैंकले प्रकाशन गरेको सूचना यस्तो छ :
दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग
१२ असोज, काठमाडौं । सनराइज बैंकले १४औं वार्षिकोत्सवको अवसरमा जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न क्लबलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । सनराइज बैंकले यसअघि पनि दरबार हाई स्कूल
राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा १५%क्यास ब्याक पाइने
१२ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ । आउदै गरेको महान चाड दशैं, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दैं विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्विप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ
सानिमा बैंकको नयाँ शाखा विराटनगरको कञ्चनबारीमा
१२ असोज, काठमाडौं । सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्धघाटन बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा गरेका थिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले ग्राहकलाई सहज बैंकिङ सेवा पुर्याउन कञ्चनबारीमा शाखा विस्तार गरिएको जानकारी दिए । त्यसैगरी कार्यक्रममा मह
वर्ल्ड रेमिटबाट एनआईसी एसियाको खातामा रकम पठाउँदा खातावाललाई ४ सय बोनस
काठमाडौँ – एनआइसी एसिया बैंकमा वल्डरेमिटबाट रकम पठाउँदा चार सयसम्म बोनस पाइने योजना सार्वजनिक गरिएको छ। एनआइसी एसियाले असोज ११ देखि कात्तिक १० सम्म लागू हुने गरी यस्तो योजना सार्वजनिक गरेको हो। वल्डरेमिटको वेबसाइट तथा एपमार्फत् विदेशमा रहेका नेपाली नागरिकहरुले यथास्थानबाटै स्वदेशमा रकम पठाउन सक्छन्। डिजिटल रेमिट्यान्सलाई प्रवर्दन गर्ने उद्देश्यले बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास