कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड
कुमारी बैंकले ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड पाएको छ । भिसाले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ – पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । हाल कुमारी
नबिल बैंकलाई भिसा इन्टरनेसनलको दुईवटा सम्मान, डेबिट कार्ड बिजनेस र इकमर्समा पुरस्कृत
नबिल बैंकले डेबिट कार्ड र इ-कमर्स अक्वायरिङ बिजनेससम्बन्धी अवार्ड हात पारेको छ। बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ-कमर्स अक्वायरिङ बिजनेस २०२२’ दुईवटा अवार्ड जितेको छ। बैंकले यी क्षेत्रमा उल्लेख वृद्धि गर्दै सफलता हासिल गरेको भन्दै अवार्डबाट सम्मानित भएको हो। बुधबार काठमाडौंमा भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ-पेमेन्ट्स इनोभेसन
जोखिम भार बढेपछि लगानी घटाउँदै बैंक
नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी निरुत्साहित गर्न जोेखिम भार बढाएपछि बैंकहरूले ती क्षेत्रमा कर्जा घटाउन थालेका छन् । जोखिम भार वृद्धिका कारण बैंकहरूलाई पूँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) मा दबाब परेपछि त्यस्ता क्षेत्रमा बैंकहरूको कर्जा घटेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामै ट्रस्ट रिसिप्टलगायत आयात कर्जा,
बैंकहरुले डेढ महिनामा लिए १२ खर्ब १३ अर्ब एसएलएफ सुविधा
वाणिज्य बैंकहरुले भदौ १४ गतेसम्म १२ खर्ब १३ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार साउन १ देखि भदौ १४ गतेसम्म बैंकहरुले उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । ६६७ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । मंगलबार नै बैंकहरुले
फेरी बैंकमै फर्किन थाल्यो निक्षेप, कर्जा विस्तार धेरै हुँदा सीडी रेसियोमा भने दबाब
चालू आर्थिक वर्षको शुरूदेखि बैंकबाट बाहिरिएको निक्षेप पुनः बैंकिङ प्रणालीमा फर्किन थालेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चालू आर्थिक वर्षको भदौ पहिलो सातासम्म वाणिज्य बैंकको निक्षेप लगातार घटेको थियो । भदौ दोस्रो साता भने बैंकहरूको निक्षेपमा थोरै सुधार देखिएको छ । असार मसान्तमा वाणिज्य बैंकहरूमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ
सी-आस्बा शुल्क घटाउने धितोपत्र बोर्डकाे निर्णय, अब आईपीओ भर्दा बढीमा ५ रूपैयाँ शुल्क लाग्ने
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सी-आस्बा शुल्क घटाउने निर्णय गरेको छ । आइतबार बसेको बोर्डको सञ्चालक समिति बैठकले सी-आस्बा शुल्क बढीमा ५ रूपैयाँ ताेक्ने निर्णय गरेकाे हाे । याे निर्णय कार्यान्वयन भएपछि बैंक तथा वित्तीय संस्थाहरूले आईपीओ भर्ने आवेदकहरूबाट सी-आस्बा शुल्कबापत बढीमा ५ रूपैयाँ लिन पाउनेछन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूले सी-आस्बा शुल्कबापत १० देखि १०० रूपैयाँसम्म लिने गरेका
मेगा बैंक नेपालले ल्यायो ६ गुणा रकम बढ्ने योजना
मेगा बैंक नेपालले ६ गुणासम्म प्रतिफल दिने मेगा म्याजिक मुद्दती योजना ल्याएको छ । यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । यस्तै, संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम
आईएफसीबाट एनएमबि बैंकले भित्र्यायो २ करोड ५० लाख डलर ऋण
एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)बाट २ करोड ५० लाख अमेरिकी डलर ऋण भित्र्याएको छ । नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धनका लागि उक्त ऋण भित्र्याएको बैंकले जानकारी दिएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङले उक्त ऋणसम्बन्धी सम्झौतापत्रमा
संस्था संकटमा छ भने बचतको ५% रकम मात्र दिनू : सहकारी महासंघ
राष्ट्रिय सहकारी महासंघले संयुक्त अपिल जारी गर्दै ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारीको मूल मन्त्रलाई आत्मसात गरी संस्थालाई दीगो, विश्वसनिय र सक्षम बनाउन सबै एकजुट हुन आग्रह गरिएको हो। हाल वित्तीय कारोबार गर्ने केही सहकारी संस्थामा देखिएको तरलता समस्यालाई गहन विश्लेषण गरी सहजीकरण गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी महासंघ लि., राष्ट्रिय सहकारी बैंक