कुमारी बैंकको साधारणसभा कार्तिक २१ गते
काठमाडौं । कुमारी बैंकको बाईसौ बार्षिक साधारणसभा कार्तिक २१ गते बस्ने भएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सभा कुमारी बैंक लिमिटेड, नक्साल (प्रहरी प्रधान कार्यालय पेट्रोल पम्प अगाडी) काठमाडौंमा विहान ११ बजे बस्नेछ । उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक विवरण
कात्तिकमा असोजकै ब्याजदरलाई निरन्तरता
कात्तिक महिनामा पनि बैंकहरुले असोजकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। बैंकरहरुबीच अनौपचारिक रुपमा निक्षेपको ब्याजदर नबढाउने भएका छन्। ब्याजदर निर्धारण गर्न यस पटक नेपाल बैंकर्स संघको बैठक नबस्ने प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिनुभयो । यसअघि बैठक बसेर ब्याजदर तोक्दै आएकोमा यस पटक भने बैठक नबस्ने भएको हो। बैंकहरुबीच भएको छलफलबाट भने कार्तिकमा पनि
साढे २ महिनामा बैंकले लिए १८ खर्ब अल्पकालिन कर्जा
वित्तीय प्रणालीमा तरलताको अवस्थामा अपेक्षित रूपमा सुधार नभएपछि बैंक तथा वित्तीय संस्थाले साढे २ महिनामा राष्ट्र बैंकबाट झण्डै सवा १८ खर्ब रुपैयाँ अल्पकालिन कर्जा लिएका छन् । यो गत साउनदेखि यही असोज ९ गतेसम्मको तथ्यांक हो । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत मात्र १८ खर्ब २७ अर्ब रुपैयाँ सापटी
बैंकहरुले आफूखुसी ब्याजदर बढाउँदा व्यवसायीहरू ठुलो मर्कामा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफूखुसी कर्जाको ब्याजदर बढाउँदा आफूहरू मारमा परेको उद्योगी व्यवसायीले गुनासो गरेका छन् । चर्को ब्याजदर, पुँजी अभाव र आयातमा कडाइले उद्योग व्यवसाय संकटमा परेको उनीहरूको भनाई छ । बैंक तथा वित्तीय संस्थाले आफूखुसी कर्जाको ब्याजदर बढाउँदा उद्योगी व्यवसायीहरू मारमा परेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गुनासो गरे ।
नबिल बैंकलाई ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ अन्तर्गत दुई अवार्ड
काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । असोज ४ गते कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्ड कार्यक्रममा बैंक ‘एसएमई फाइनान्सियर अफ दी इयर, एसिया’ र ‘प्रोडक्ट इन्नोभेसन अफ दी इयर २०२२’ अवार्ड प्राप्त गर्न सफल भएको हो । गत वर्ष पनि बैंकले ‘एसएमई फाइनान्सियर अफ दी
नाडामा नबिलको आकर्षक योजना, तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने
नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । बैंकले यही असोज ६ गते देखि असोज ९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा ईभी एक्सपोमा सहभागी हुुँदै आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउन लागेको हो । वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको
अधिकांश वाणिज्य बैंकहरुको नयाँ व्याजदर घोषणाः कसको व्याजदर कति ?
आधा दर्जन वाणिज्य बैंकले लाभांश घोषणा गर्ने तयारी गरेका छन् । लाभांश घोषणाका लागि आधा दर्जन वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरेका हुन् । केही प्राविधिक समस्याका कारण ती बैंकहरुकाे वित्तीय विवरण स्वीकृत हुन ढिलाइ भएकोले अब केही समयभित्रै लाभांश घोषणा गर्ने तयारी गरिरहेकाे रहेकाे बुझिएकाे छ । राष्ट्र बैंकका सह–प्रवक्ता नारायण
नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै, पैसा दोब्बर हुन लाग्ने समय अवधि घट्यो
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ग्राहकको रुची र आबश्यकता अनुशारका नयाँ नयाँ डिपोजिट प्रोडक्टहरु ल्याइरहेको छ । यसै अनुरुप बैंकले हालै मात्र संंचालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम
१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल
नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने ९१ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब पैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल असोज २५ गते परिपक्व हुनेछ। यसैगरी राष्ट्र बैंकले ९१ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी
सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन प्रिपेड कार्ड्स बिजनेश २०२२’ अवार्ड
सिद्धार्थ बैंक लिमिटेड ‘एक्सिलेन्स इन प्रिपेड कार्ड्स बिजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इन्नोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । भिसा अन्तर्गत रहेका नेपालका बैंकहरूमध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट उपलब्धि हासिल गरेको आधारमा सो अवार्ड प्राप्त गर्न सफल भएको बैंकको भनाइ छ । सिद्धार्थ