तीजको चहलपहल सकिएसंगै कोरोना संक्रमितको संख्यामा बृद्धि, २४ घण्टामा १५६२ जनामा कोरोना संक्रमण
२९ भदौँ, काठमाडौं । तीजको चहलपहल सकिएसँगै दैनिक कोरोना संक्रमित दरमा बृद्धि हुन थालेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १५६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १४ हजार ४४३ वटा नमुना परीक्षणमा देशैभरी १५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
जागिरको खोजीमा हुनुन्छ ? सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी
२९ भदौँ, काठमाडौं सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । सो पदका लागि अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातक तथा स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । ईच्छुक योग्यता पुगेका व्यक्तिले असोज १२ गतेसम्म बैंकको आधिकारिक वेबसाइटमा गई ‘एप्लाई फर जब’ मा क्लिक
ओली सरकारले घोषणा गरेको सबै सहुलियत कर्जा कार्यक्रम कार्यान्यवन नहुने
काठमाडौं – ओली सरकारले बजेटमार्फत् घोषणा गरेको सबै सहुलियत कर्जा कार्यक्रम कार्यान्यवन नहुने भएका छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते बजेट अध्यादेशमार्फत् १० बुँदे सहुलियत कर्जा कार्यक्रम घोषणा गरेका थिए । जसको कार्यान्यवनका लागि अर्थमन्त्रालयले सहुलियतपुर्ण कर्जा कार्यविधिको चौथो संसोधन गर्ने तयारी थालिसकेको थियो । सोही कार्यविधिमा तत्कालीन अर्थमन्त्री पौडेलले घोषणा
अब सरकारलाई युट्युबबाट हुने आम्दानीको १% कर तिनुपर्ने
२५ भदौँ, काठमाडौं । नेपालमा सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्नेहरूलाई १ प्रतिशत अग्रिम कर लाग्ने भएको छ। सरकारले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक मार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउने निर्णय गरेको हो ।
शाखा अधिकृतको परिक्षा स्थगित
२५ भदौँ, काठमाडौं ।लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरहको ९अप्राविधिक० पदको परिक्षा स्थगित भएको छ । आयोगले शुक्रबार एक सूचना गरेर परिक्षा स्थगित भएको जनाएको हो । आयोगले जारी गरेको सूचना अनुसार सर्वोच्च अदालतको भदौ २० गतेमा भएको आदेश कार्यान्वयन गर्न लोक सेवा आयोग, केन्द्रिय कार्यालयको विज्ञापन नम्बर १६६९५–१६७०१÷०७७–७८ (खुला तथा समावेशी), नेपाल परराष्ट्र,
क्यान्सर, मिर्गौला रोगका बिरामीलाई सरकारले मासिक ५ हजार भत्ता दिने
२५ भदौँ, काठमाडौं । सरकारले क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने भएको छ । सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको हो । शुक्रबार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले
अर्थमन्त्रीको स्पष्टीकरण : शेयर मूल्य घटबढ गराउन गभर्नरलाई फोन गरेको छैन
काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले शेयर मूल्य घटबढ गराउन नेपाल राष्ट्र बैंकको गभर्नरलाई फोन नगरेको स्पष्ट पारेका छन् । आर्थिक अध्यादेशको पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले आफूले शेयर मूल्यको सन्दर्भमा कसैलाई पनि फोन नगरेको बताए । ‘मान्य सांसदले समाचारका आएका केही विषयलाई लिएर प्रश्न उठाउनु
लगानी बोर्डको लक्ष्य : ५ वर्षमा १० अर्ब डलर लगानी
काठमाडौं- लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले आगामी ५ वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी–साझेदारी (पीपीपी)का परियोजना व्यवस्थापन गर्ने लक्ष्यसहितको रणनीतिक योजना बुधवार सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औं
बजेट र एमसीसीमा राजनीतिक गाँठो
काठमाडौं- संसदको नवौँ अधिवेशनका दुई प्रमुख एजेण्डा छन् । पहिलो बजेट अध्यादेश प्रतिस्थापन गर्ने। दोस्रो, अमेरिकी सहयोग मिलेनियम कर्पोरेसन (एमसीसी) सम्बन्धी निर्णय लिने । राजनीतिक दलबीचको द्वन्द्व र सत्तागठबन्धन भित्रको किचलोले यी दुवै एजेण्डा अन्योलमा छन् । बुधबारबाट सुुरु भएको संसद्को अधिवेशनमा सभामुख अग्नि सापकोटाको भूमिकामाथि नै प्रश्न उठाएर विपक्षी एमालेले अवरोध सुरु गरिसकेको छ ।
काठमाडौंका सिडीओको सरुवा
२२ भदौँ, काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले सरुवा गरिएको हो । पराजुलीलाई गृहमन्त्रालयमा ल्याइएको र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई काठमाडौँको प्रजिअका रूपमा पठाइएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । पराजुली गएको मङ्सिरमा काठमाडौँ प्रशासन प्रमुख भएर आएका थिए।