गरिमा विकास बैंकको बृहत् वृक्षरोपण कार्यक्रम, टोखा चण्डेश्वरी अस्पताल परिसरमा रोपियो २०० बोटबिरुवा
बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन हेतु यस विकास बैंकले पुनः एकपटक बृहत बृक्षारोपण कार्यक्रमको सफल आयोजना गरेको छ । आज वि.सं. २०७९ साल आषाढ २८ गते मंगलबारका दिन टोखा नगरपालिका २ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा टोखा नगरपालिका प्रमुख श्री प्रकाश अधिकारी ज्यू र यस विकास बैंकका
गरिमा विकास बैंकद्दारा काठमाडौं र स्याङ्गजामा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आईरहेको यस विकास बैंकले काठमाडौंको माछापोखरी शाखाको समन्वयमा का.म.न.पा. १६, बसन्तनगर, तारकेश्वर धाममा क्रियापुत्री घर÷कम्पाउण्डमा आवश्यक १०० लिटरको १० थान र ३२ लिटरको २० थान गरि जम्मा ३० थान डस्बीन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको छ । त्यस्तै, स्याङ्गजाको वालिङ्ग शाखाको समन्वयमा वालिङ्ग वहुमुुखी क्याम्पसलाई यस विकास
वाणिज्य बैंकहरूमा बढ्यो निक्षेप, असारमा १ खर्ब थपियो
चालू आर्थिक वर्ष (आव) को असारमा वाणिज्य बैंकहरूमा करीब १ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार लागेसँगै सरकारी खर्च बढेपछि बैंकहरूमा उक्त परिमाणमा निक्षेप थपिएको हो । निक्षेप बढेसँगै बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार आएको छ । नेपाल बैंकर्स संघका अनुसार असार २४ गतेसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप ४४ खर्ब ९४ अर्ब
नबिल दिगो बैंकिङको एक वर्ष पूरा‚ ‘ग्रिन विक’ मनाउँदै
ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्द्धन एवम् राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ सुरु भएको नबिल दिगो बैंकिङले एक वर्ष पूरा गरेको छ । २०७८ धान दिवसको दिन दिगो बैंकिङ सुरु भएको थियो । बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका
नबिल बैंकका नवनियुक्त सीईओ ढुङ्गानाले सम्हाले पदभार, कम्पनी थप उचाईमा पुग्ने
नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हाल्नु भएको छ । नबिल बैंक लिमिटेडकोे मिति २०७९/०३/१६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गानालाई नियुक्त गरेको थियो । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगाल्नु भएका ढुङ्गानाले यसभन्दा अगाडि
रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियाे : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले देशको अर्थतन्त्रमा चुनौती थपेको बताउनुभएको छ । हिजाे नेपाल चार्टर्ड अकाउन्टेन्ट सङ्घको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताउनु भएको हो । गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा सङ्कट देखापरेको
एनआईसी एशिया बैंकले बृहत् रूपमा क्यूआर भुक्तानी सेवा वितरण गर्दै
‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको एनआई सी एशिया बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित मोरङ्ग जिल्लाको विराटनगर शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण शुरु गरेको छ । बैंकले उक्त ठाउँमा ४०० वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता
जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश, अब धितो राखेर ऋण लिने बाटो खुल्यो
सर्वोच्च अदालतले जग्गा धितोमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । अदालतको यो आदेशसँगै अब जग्गा जमिन धितो बन्धकी राखेर ऋण लिने बाटो खुलेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो । उक्त
बैंकहरु पुरानै समय अनुसार खोल्न राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आइतबार पनि सेवा दिन निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै आइतबार पनि सेवा दिने बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यसअघि शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेसँगै राष्ट्र बैंकले पनि विदा दिन बैंकलाई निर्देशन दिएको थियो । तर,
असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने
असार महिनामा पनि निक्षेपको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ । वाणिज्य बैंकहरुले माघदेखि निक्षेपको ब्याजदर बढाएका छैनन् । सहमति अनुसार वाणिज्य बैंकले एकवर्षको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । संस्थागत तर्फ १०.०३ प्रतिशत ब्याजदर बैंकहरुले दिनेछन् ।