संविधान दिवसमा ६८१ कैदीलाई सजाय मिनाहा, २१ जनालाई सजाय माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरी २१ जनालाई सजाय माफी दिएकी छिन्। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा सात सय दुई सजाय मिनाहा र आममाफी दिने निर्णय राष्ट्रपतिबाट भएको हो। ४० प्रतिशत कैद भुक्तान गरेका ६ सय ८१ जनालाई असल चालचलन भएको आधारमा बाँकी कैद सजाय मिनाहा भएको हो। २१ जनाको


संसदले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयक रोक्न मिल्दैन : यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् । शनिवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय संसदको दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयकले स्वतः ऐनको रूप लिने दाबी गर्दै उनले सो विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताए ।


कृषिमा आत्मनिर्भर हुन नेपाली उत्पादन खाने र लगाउने अभियान चलाऔँ : पवन गोल्यान

बैंक तथा बित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरूलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिबद्धता जनाएका हुन्। नेपाली कृषिजन्य उत्पादनहरू भारतले नेपालबाट आयात गरेर आफ्नो ब्रान्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको


सबैजसो सामानको भाउ बढ्दा उपभोक्ता निराश

बजारमा दशैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगाे हुँदा उपभोक्ता दशैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् । यस्तै अन्योलमा हुनुहुन्छ, काठमाण्डौ कुलेश्वरकी मञ्जिता श्रेष्ठ पनि । दशैँमा बासमती चामल खाने सोच बनाउनु भएकी श्रेष्ठ २० किलोको एक बोरा चामलको तीन हजार ५ सय रुपैयाँ भनेपछि सोच्न बाध्य हुनुभयो । ‘अघिल्लो दशैँमा पनि बासमती चामल


आर्थिक संकटमा रहेको आयल निगमको ५० अर्ब लगानीको महत्वाकांक्षी परियोजना

नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले तीनवर्षे कार्यकालमा पाँचवटा नयाँ पेट्रोलियम पाइपलाइन र दुई स्थानमा ठूलो क्षमताका इन्धन भण्डारणगृह बनाउने कार्यसम्पादन सम्झौता गरेका छन् ।आर्थिक रूपमा निकै जर्जर भई तेल किनेको भुक्तानी गर्नसमेत नसकिरहेका वेला निगमका कार्यकारी निर्देशक थानीले तीन वर्षमा करिब ५० अर्ब लागतका परियोजना बनाउने सम्झौता गरेका हुन् । उनले बर्सेनि १० प्रतिशतका दरले


मुलुककोअर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्। यद्यपि, जोखिम कायमै रहेकाले सजकता अपनाउन पनि उनले सचेत गराए। सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरूको आयातमा वृद्धि गर्न नमिल्ने उनको भनाइ छ। ‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल


सहकारीमा बिग मर्जर : काठमाडौंका ५ सहकारी गाभिने

संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त एकीकरण (मर्जर) मा जान थालेका छन् । सहकारी विभागले २०७० सालमै मर्जर कार्यविधि ल्याए पनि त्यत्ति चासो नदिएका संस्थाहरू पछिल्लो समय धमाधम मर्जरमा गइरहेका छन् । प्रतिस्पर्धामा टिक्न गार्‍हो भएपछि सहकारीमा मर्जरको लहर शुरू भएको ठानिएको छ । पछिल्लोपटक काठमाडौंका पाँचओटा सहकारी संस्थाले एकआपसमा गाभिने (मर्ज


आईओसीले पेट्रोल र डिजेलमा मूल्य घटाए पनि उपभोक्तालाई राहत दिन सरकार अनिच्छुक

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मूल्य लगातार घटाएर इन्धन पठाए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । आईओसीले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा गरी पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाइसक्दा पनि निगमले पुरानो घाटा पूर्ति गर्न भन्दै मूल्य समायोजन नगरेको हो । आईओसीलाई


अर्थतन्त्रमा सुधारको संकेत

आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको मुलुकको अर्थतन्त्र असारसम्म आइपुग्दा भने केही सहज अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८÷७९ को आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग गत असारसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ (नौ अर्ब ५४ करोड डलर) विदेशी मुद्रा सञ्चिति रहेको छ


छटपटीमा घरजग्गा व्यवसायी : बैंक ऋण तिर्न चर्को ब्याजमा सापटी, त्यसपछि गाउँ छोडेर बेपत्ता !

चितवनका युवराज कँडेल (नाम र ठेगाना परिवर्तन) स्थानीय स्तरमा चल्तीका व्यवसायी थिए । घरजग्गामा लगानी र दलालीका अलबा महेन्द्र राजमार्गमा तीन तले घर बनाएर होटल व्यवसाय समेत शुरु गरेका थिए । कोभिडको समयमा होटलले अपेक्षाकृत व्यवसाय गर्न सकेन भने कोभिड मत्थर हुँदै गएपछि घरजग्गा व्यवसायमा आएको मन्दीले यो व्यवसाय पनि चौपट भयो । बैंकबाट लिएको